जनकपुरधाम । मधेस प्रदेशसभाका उपसभामुख बबिता राउतले मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्चले जारी गरेको परमादेशको पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसकेको बताएकी छन् ।
उपसभामुख राउतले मुख्यमन्त्रीलाई २४ घण्टा भित्र विश्वासको मत लिन जारी गरेको परमादेशको पत्र सोमबार राति साढे ८ बजे प्रदेशसभा सचिवालयमा आई सकेको बताइन् ।
उपसभामुख राउतले भनिन् ‘प्रदेशसभा सचिवालयमा सर्वोच्चको पत्र आई सकेको छ, मुख्यमन्त्री कार्यालयको पत्रको प्रतीक्षामा हामी छौँ ।’
मुख्यमन्त्री कार्यालयबाट जति सक्दो चाँडै पत्र प्राप्त भए आफूहरू त्यही अनुसार प्रदेशसभा बैठक डाक्न तयार रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०८२, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”