काठमाडौँ । प्रतिनिधि सभाको सभामुखको उम्मेदवार छान्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको निर्णायक वार्ता सकिएको छ । वार्ताले कुनै नतिजा निकालेन । वार्ता सकारात्मक अवस्थामा सकिएको हो ।
निर्णायक वार्ताले सभामुख टुंग्याउन नेकपा सचिवालय बैठक अपराह्न ४ बजे बस्ने निर्णय गरेको छ ।
दुई अध्यक्षबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बिहान झन्डै २ घन्टा बढी एक्लाएक्लै भेट भएको थियो। भेटले निष्कर्ष दिन नसकेपछि फेरि साँझ चार बजे बस्ने सचिवालयको बैठक बस्ने भएको नेकपाका एक नेताले जानकारी दिए ।
बालुवाटार स्रोतका अनुसार साँझ ४ बजेका लागि सचिवालय बैठक डाकिएको छ ।
यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भइसकेको छ। पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरू भए पनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरूद्ध हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ माघ २०७६, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली