काठमाडौँ । प्रतिनिधि सभाको सभामुखको उम्मेदवार छान्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको निर्णायक वार्ता सकिएको छ । वार्ताले कुनै नतिजा निकालेन । वार्ता सकारात्मक अवस्थामा सकिएको हो ।
निर्णायक वार्ताले सभामुख टुंग्याउन नेकपा सचिवालय बैठक अपराह्न ४ बजे बस्ने निर्णय गरेको छ ।
दुई अध्यक्षबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बिहान झन्डै २ घन्टा बढी एक्लाएक्लै भेट भएको थियो। भेटले निष्कर्ष दिन नसकेपछि फेरि साँझ चार बजे बस्ने सचिवालयको बैठक बस्ने भएको नेकपाका एक नेताले जानकारी दिए ।
बालुवाटार स्रोतका अनुसार साँझ ४ बजेका लागि सचिवालय बैठक डाकिएको छ ।
यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भइसकेको छ। पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरू भए पनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरूद्ध हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ माघ २०७६, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना