मुग्लिन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्नुहँुदै उहाँले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्छ भन्नुभयो । महानिरीक्षक खनालले भन्नुभयो, “सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए तपाईहरुले आफ्नै सम्झेर पनि यसो गर है भनेर सम्झाउनुपर्छ, नागरिकबाट यस्तो गुनासो आएका छन् है भन्नुपर्छ । ”
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामना गाउँपालिकामा दुर्गम पहाडी क्षेत्र र व्यस्त राजमार्ग भएकाले जनशक्ति बढाउन र प्रत्येक वडामा प्रहरी एकाइ राख्न माग गर्नुभयो ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले देशका समृद्धिका लागि शान्ति सुरक्षा आवश्यक रहेको बताउनुभयो । प्रहरी नायब उपरीक्षक शङ्कर सिलवालले चार कट्ठा छ धुरमा बन्ने उक्त भवन निर्माणका लागि रु छ करोड ५० लाख अनुमान गरिएको र एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेत, प्रहरी प्रधान कार्यालय बजेट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाट, जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको सहभागिता रहेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी त्रिपालमुनि बस्न बाध्य छन् ।(रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ माघ २०७६, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
प्रहरीका ११ जना एसएसपीको सरुवा
निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन