काठमाडौं । जनवरी ३ बिहान सबैरै बग्दादको विमानस्थल बाहिर एक ड्रोन आक्रमण भयो । मिडियाले सुरुमा उक्त आक्रमणलाई त्यति ठूलो घटनाको रुपमा प्रस्तुत गरिरहेको थिएन । तर मर्नेमध्येमा एक जना इरानका शीर्ष कमाण्डर पनि छन् भन्ने सार्वजनिक भयो तब मध्य–पूर्वको राजनीतिक एकाएक गर्मायो ।
यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकी कारबाहीमा इरानको विशेष फौज कुद्स फौजका प्रमुख कासिम सुलेमानी मारिएको बताए । सुलेमानी र उनी संबद्ध इरानी सरकारी निकायलाई अमेरिकाले आतंकवादी घोषणा गरेको थियो ।
यो कारबाहीमा इरान समर्थित मिलिसिया कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहान्दिस पनि मारिएका थिए । सुलेमानीले इरानबाहिरको सैन्य कारबाही हर्न रिभोलुसरी गार्डसले बनाएको निकाय कुद्स फौजको नेतृत्व सम्हाल्थ्ये । संगठन र सुलेमानीलाई अमेरिकाले आतंकवादी घोषणा गरेको थियो ।
यो कारबाहीपछि इरान र अमेरिकामा तनाब चुलिन पुग्यो । जवाफमा इरानले इराकस्थित अमेरिकाको सैन्य आधारमाथि कैयौं मिसाइल आक्रमण गरिसकेको छ । तथापि आक्रमणण्मा हालसम्म कुनै अमेरिकी जवान मारिएका छैनन् ।
इरानको मिसाइल आक्रमणपछि अमेरिकाले कुनै जवाफी कारबाही गरेन । अमेरिकाले कारबाही नगर्नुलाई कैयौं कुरासँग जोडेर हेरियो । यसमा सबैभन्दा दोहो¥याइएको कारण के भने यो वर्ष अमेरिकामा हुन लागेको चुनाव हो ।
इतिहास हेर्ने हो भने अमेरिकी राष्ट्रपति चुनावको समयमा युद्धले सत्तासिन राष्ट्रपतिलाई पुननिर्वाचित गराउने सम्भावना बढाउँछ तर यो पटक युद्धमा जादाँ राम्रो नगर्ने विज्ञले बताइरहेका छन् । युद्ध भड्किएको अवस्थामा इरान तहसनहस होला तर त्यसले अमेरिकी चुनावलाई कति प्रभावित बनाउछ, अमेरिकाको लागि त्यही महतवपूर्ण हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ माघ २०७६, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले युक्रेनमा थप हतियार पठाउने: ट्रम्प
ट्रम्प र नेतान्याहूबीच भेटवार्ता हुँदै
खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’
ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा
इजरायल गाजामा ६० दिन युद्धविराम गर्न सहमत भयो : ट्रम्प
मैले खामेनीलाई मृत्युबाट बचाएँ : ट्रम्प