काठमाडौं । जनवरी ३ बिहान सबैरै बग्दादको विमानस्थल बाहिर एक ड्रोन आक्रमण भयो । मिडियाले सुरुमा उक्त आक्रमणलाई त्यति ठूलो घटनाको रुपमा प्रस्तुत गरिरहेको थिएन । तर मर्नेमध्येमा एक जना इरानका शीर्ष कमाण्डर पनि छन् भन्ने सार्वजनिक भयो तब मध्य–पूर्वको राजनीतिक एकाएक गर्मायो ।
यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकी कारबाहीमा इरानको विशेष फौज कुद्स फौजका प्रमुख कासिम सुलेमानी मारिएको बताए । सुलेमानी र उनी संबद्ध इरानी सरकारी निकायलाई अमेरिकाले आतंकवादी घोषणा गरेको थियो ।
यो कारबाहीमा इरान समर्थित मिलिसिया कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहान्दिस पनि मारिएका थिए । सुलेमानीले इरानबाहिरको सैन्य कारबाही हर्न रिभोलुसरी गार्डसले बनाएको निकाय कुद्स फौजको नेतृत्व सम्हाल्थ्ये । संगठन र सुलेमानीलाई अमेरिकाले आतंकवादी घोषणा गरेको थियो ।
यो कारबाहीपछि इरान र अमेरिकामा तनाब चुलिन पुग्यो । जवाफमा इरानले इराकस्थित अमेरिकाको सैन्य आधारमाथि कैयौं मिसाइल आक्रमण गरिसकेको छ । तथापि आक्रमणण्मा हालसम्म कुनै अमेरिकी जवान मारिएका छैनन् ।
इरानको मिसाइल आक्रमणपछि अमेरिकाले कुनै जवाफी कारबाही गरेन । अमेरिकाले कारबाही नगर्नुलाई कैयौं कुरासँग जोडेर हेरियो । यसमा सबैभन्दा दोहो¥याइएको कारण के भने यो वर्ष अमेरिकामा हुन लागेको चुनाव हो ।
इतिहास हेर्ने हो भने अमेरिकी राष्ट्रपति चुनावको समयमा युद्धले सत्तासिन राष्ट्रपतिलाई पुननिर्वाचित गराउने सम्भावना बढाउँछ तर यो पटक युद्धमा जादाँ राम्रो नगर्ने विज्ञले बताइरहेका छन् । युद्ध भड्किएको अवस्थामा इरान तहसनहस होला तर त्यसले अमेरिकी चुनावलाई कति प्रभावित बनाउछ, अमेरिकाको लागि त्यही महतवपूर्ण हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ माघ २०७६, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत