चितवन । भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकमा बिहीबार बेलुका हाल नम्बर नखुलेको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भई हाल चितवन भरतपुर महानगरपालिका–१० स्याउली बजार बस्ने ३० वर्षीय गोपाल तामाङ हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न रहेको आशंकामा बा.१३ च ३९१ नम्बरको कारलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु