चितवन । भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकमा बिहीबार बेलुका हाल नम्बर नखुलेको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भई हाल चितवन भरतपुर महानगरपालिका–१० स्याउली बजार बस्ने ३० वर्षीय गोपाल तामाङ हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न रहेको आशंकामा बा.१३ च ३९१ नम्बरको कारलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते