भोजपुर । प्रहरीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले सदरमुकाम नजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर टाँगेर विरोध गरेका थिए । पक्राउ परेकाहरुले प्रहरीलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तीनै जनालाई प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । तर, स्थानीयले प्रतिकार गरेपछि प्रहरी फर्किएर सोही राती उनीहरुलाई घरैमा सुतिरहेको बेला पक्राउ गरेको हो ।
स्थानीयले जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर, उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नुपर्ने भन्दै पक्राउ गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा