काठमाडौं । मावन बेचबिखचन तथा ओसार पसार मुद्दामा तल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीको पुनरावेदन नपरे पनि सर्वोच्च अदालतले सफाइ दिने नौलो प्रचलनको शुरुआत गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयाँललको संयुक्त इजलासले मानव बेचबिखन मुद्दामा तल्ला अदालतले १० वर्ष कैद गरेका प्रतिवादी सुर्खेतको राकम गाउँपालिका –६ सेतुटोल बस्ने शोभा वादीलाई सफाइ दिएको हो ।
दोषी ठहर भएका प्रतिवादीको पुनरावेदन नपरे पनि प्रमाणका आधारमा सफाइ दिएको यो घटना सर्वोच्च अदालत आफैले नौलो र पेचिलो हुन सक्ने उल्लेख गरेको छ । सो मुद्दाको गत साउन ९ गते फैसला गरिएको भए पनि बिहीबार मात्र पूर्ण पाठ तयार भएको हो ।
विसं २०६८ साल जेठ २७ गते सुर्खेतको सल्लीबजारबाट प्रतिवादी शोभालगायतका व्यक्तिले पानकुमारी (नाम परिवर्तन)लाई बस चढाई भारतको दिल्ली पुर्याएर बेचेको आरोपमा मुद्दा दायर गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०३ माघ २०७६, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस