काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपाका नेता भीम रावललाई बालुवाटारबाट धम्की नगएको बताएका छन् ।
भीम रावललाई बालुवाटारबाट धम्की आएको कुरा निराधार भएको उनको दावी थियो ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले बालुवटारबाट नेता भीम रावललाई धम्की गएको जिज्ञासा राखेपछि मन्त्री बास्कोटाले भने, ‘तपाइँलाई पत्यार लाग्छ, प्रधानमन्त्रीज्यूले कसैको ज्यानै लिने धम्की दिनुहोला ?’ मन्त्री बाँस्कोटाले यसमा कुनै सत्यता नरहेको बताए । उनले नेता रावललाई कहाँबाट, कसले कति नम्बरबाट धम्की आएको हो, त्यो खुलाउनसमेत सुझाव दिएका थिए ।
विचारमाथि सहमति, असहमति राख्दैमा कसैको ज्यानै लिने धम्की दिन नमिल्नै उनको भनाइ थियो । बालुवाटारबाट धम्की आएको भन्ने कुरा पत्याउन नसकिने कुरा भएको उनी बताउँछन् ।
‘भीम रावल नेकपाकै नेता भएको र प्रधानन्त्री पनि नेकपाकै भएकाले पार्टीको अध्यक्षले आफ्नै पार्टीका नेतालाई धम्की दिन्छन् ? यो पत्याउनै नसकिने कुरा भयो’ उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो कार्यकर्ता मार्न तरबार बोकेर र गोली भिरेर हिँड्नुहुन्छ भन्ने कुरामा कुनै सत्यता छैन’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ माघ २०७६, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो : गोकुल बास्कोटा
राजा फर्काउने हल्लाको चुरो पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने : गोकुल बाँस्कोटा
सरकारले आफ्नो कुरा नसुनेको गोकुल बास्कोटाको गुनासो
सूचना प्रवाह नियन्त्रण होइन, नियमन गर्नुपर्छ : गोकुल बास्कोटा
समितिमा आएका उजुरी केबल सूचना हुन् : गोकुल बास्कोटा
हाइट र लाइट एमालेकै टोपी, धोती लगाएर बढाए : गोकुल बास्कोटा