काठमाडौं । झापाको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले २१ दिनभित्र उपस्थित हुन म्याद जारी गरेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले उपस्थित हुन म्याद जारी गरेको हो ।
डा गिरीले दायर गरेको मुद्दामाथिको प्रारम्भिक प्रक्रिया शुरु गर्दै काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले प्रतिवादी प्रसाईंलाई २१ दिन भित्र आफ्नो जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेका हुन् । प्रसाईंले आफूसँग २० करोड रुपैयाँ घुस लिएको आरोप लगाएपछि चिकित्सा आयोगका उपाध्यक्ष डा गिरीले मंगलबार काठमाडौं जिल्ला अदालतमा प्रसाईंविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।
डा गिरीले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए । निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर उनी नभेटिएको प्रहरीको भनाइ छ । प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उनी नभेटिएको जनाएको छ ।
अभद्र व्यवहारको कसुरमा महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान अगाडि बढाएको व्यहोरा उल्लेख गरी निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंविरुद्ध पक्राउ पूर्जी नै जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ माघ २०७६, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम