काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
चुनावको बेला विभिन्न किसिमका भ्रम फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले उनलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको बताए ।
उनलाई पक्राउ गर्न आइतबार बिहानै प्रहरीको टोली पुगेको थियो । यसअघि पनि उनी पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् । पछिल्लो समय उनले पूर्वराजालाई जोडेर भ्रमपूर्ण प्रचार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ