बनेपा । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयोे । उहाँले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ माघ २०७६, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
जुवातास खेलेको आरोपमा १२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ