चितवन । तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु र ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्वरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारी घुम्तीमा दुर्घटनामा परेको हो ।
गाडीमा ३४ प्रहरी सवार थिए । घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ माघ २०७६, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु