चितवन । तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु र ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्वरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारी घुम्तीमा दुर्घटनामा परेको हो ।
गाडीमा ३४ प्रहरी सवार थिए । घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ माघ २०७६, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु