को हुन् भारतले नेपाल पठाउन लागेको नयाँ राजदूत क्वात्रा ?

सफल खबर संवाददाता

बुधबार, ०१ माघ २०७६, ०९ : ५३
को हुन् भारतले नेपाल पठाउन लागेको नयाँ राजदूत क्वात्रा ?

काठमाडौं । नेपालका लागि भारतीय राजदूतमा नयाँ दिल्लीले विनय मोहन क्वात्रालाई नियुत्तः गरेको छ । मन्जिवसिंह पुरी कार्यकालय सकेर भारत फर्केको १५ दिन पछि नयाँ दिल्लीले विनय मोहनलाई नेपालका लागि नयाँ भारतीय राजदूतमा नियुक्त गरेको हो ।

उनी फ्रान्समा भारतको राजदुतका रुपमा काम गरिरहेका ब्यक्ति हुन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, नेपालका लागि भारतीय राजदूतको रूपमा अतिरिक्त सचिव क्वात्राको नियुक्तिका लागि भारत सरकारबाट पत्र आएको पुष्टि गरेका छन् । ‘हामी उनको सहमति समीक्षा गर्नेछौं र छिट्टै भारत सरकारलाई कुरा गर्नेछौं,’ परराष्ट मन्त्रालयका ति अधिकारीले भने ।

नयाँ दिल्लीले क्वात्रालाई नेपालको नयाँ राजदुतका रुपमा नियुक्तिको पत्र नेपालको परराष्ट मन्त्रालयमा पठाईसकेपनि उनी भने अझै पेरिसमै छन् । नेपाल सरकारले उनलाई भारतीय राजदूतका रुपमा एग्रिमो दिएपछि उनी नयाँ दिल्ली फर्कने छन् । त्यसपछि मात्र उनी काठमाडौं आउनेछन् ।

उनी यस अगाडी पनि सार्क सचिवालयमा रहेर भारतीय तर्फवाट काम गरिसकेका ब्यक्ति हुन् । यस अर्थमा उनी नेपालका बारेमा जानकार छन् । काठमाडौंमा सार्क सचिवालयमा क्वात्राको अनुभवका आधारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई नै नेपालका लागि राजदूतका रुपमा छानेका हुन् ।

नयाँ दिल्लीको राजनीतिक सर्कलमा क्वात्रालाई नेपाल असाइनमेन्टका लागि भारतीय जनता पार्टीको पहिलो विकल्पका रूपमा चिनिन्थ्यो । क्वात्रालाई कुनै त्यस्तो व्यक्तिको रुपमा हेरिन्थ्यो जसले चीन, भारत र संयुक्त राज्य अमेरिकाबीचको नेपालमा बढ्दो भूराजनीतिक प्रतिस्पर्धा सहितको महत्वपूर्ण मुद्दाहरू सम्हाल्न सक्षम हुने विश्वास भारतले लिएको देखिन्छ ।

निवर्तमान भारतीय राजदूत पुरी काठमाडौं आउदा नाकावान्दीका कारण नेपाल भारतवीचको सम्वनधमा अविश्वासको वातावरण थियो । तर उनले सम्वन्ध सुधारका लागि मेहनत गरेको भारतीय पक्षको बुझाई छ अब नयाँ  राजदुत क्वात्राले नेपाल आइपुगेपछि नेपाल भारत सम्बन्ध नाकावन्दीकै स्तरमा नभएपनि कालापानीका विषयमा नया तनाव मिलाउने जिम्मेवारी उनको काधमा आउन सक्छ ।

नेपालको कालापानी क्षेत्रमा भारतले आफनो राजनीतिक नक्सामा समेटेपछि सिमा विवाद अहिले नेपाल भारतका विचमा पेचिलो मुद्दा वनेर आएको छ । यो विषयले आउने दिनमा वढने तनावका वीच क्वात्रले नेपाल बसेर नयाँ दिल्लीको काम गर्नुपर्नेछ । 

भारतीय विदेश सेवामा क्वात्राले पहिलो पटक जेनेभामा सेवा गरे । त्यसबेलादेखि उनले दक्षिण अफ्रिका, वाशिंगटन र चीनलगायत विश्वभरि असंख्य विभागहरू सम्हालेका छन् । फ्रान्समा राजदुत हुनु अगाडी उनले  भारतीय प्रधानमन्त्रीको कार्यालयमा पनि काम गरेका छन् । मोदी सरकारको पहिलो कार्यकालमा क्वात्राले प्रधानमन्त्रीको कार्यालयमा दुई बर्ष भन्दा बढी समय विशेष स्पेशल ड्युटीमा अफिसरको रूपमा काम गरे र विदेश मन्त्रालय र अन्य विभिन्न भारतीय मन्त्रालयहरू बीचको सम्पर्कको रूपमा काम गरेका छन् ।

क्वात्राले अन्तर्रािष्ट्रय श्रम संगठन र विश्व स्वास्थ्य संगठन जस्ता संयुक्त राष्ट्रसंघमा रहेर पनि काम गरिसकेका छन् । उनले दक्षिण अफ्रिकाको डरबनस्थित भारतीय वाणिज्य दूतावासमा पनि काम गरेका छन् । जहाँ उनी व्यापारिक र आर्थिक कामका लागि जिम्मेवारीमा थिए । पछि उनी मिसनको डेपुटी चीफको रूपमा चीनमा पदस्थापित भए र फेरि व्यापार र वाणिज्य सम्हाले । मे २०१० मा, उनी वाशिंगटन डि.सी. बसाई सरे, जहाँ उनी भारतीय दूतावासमा वाणिज्य शाखाका प्रमुख थिए । अहिले उनलाई मोदी सरकारले नेपालको राजदूतका रुपमा नियुक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस