काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघेसंक्रान्ति, माघी लगायतका नेपालका मौलिक पर्व सुदृढ एकता र सहिष्णुताको पूँजी भएको बताएका छन् । थारु समुदायको प्रमुख पर्व माघी र नेपालका धेरै भूभागमा मनाइने माघे संक्रान्तिको अवसरमा शुभकामना दिदैँ उनले यस्ता मौलिक पूँजीलाइृ देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश हो,” प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, “यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् । यस्तो विविधतायुक्त साझा पूँजीलाई हामीले संरक्षण गर्दै आएका छौं ।” संवैधानिक व्यवस्था तथा राज्यको नीतिद्वारा नै सांस्कृतिक विविधताको रक्षा गरिरहेको उल्लेख गर्दै उनले देशका हरेक जातिले मनाउने मौलिक पर्वहरु यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित रहेको बताए । यी पर्वहरुले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेको प्रधानमन्त्रीले प्रष्ट्याएका छन् ।
सोही अवसरमा स्वदेश तथा विदेशमा रहेका हरेक नेपालीलाई पर्वको शुभकामना ब्यक्त गरेका छन् । सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने गर्छ । हरेक वर्षको माघ एक गते देशका प्रधानमन्त्रीले विभिन्न भागमा विभिन्न तरिकाले मनाइने यस पर्वका अवसरमा सुस्वास्थ्य सुख, शान्ति, समृद्धि र सहित प्रगतिको कामना गरेका छन् ।
माघे संक्रान्तिमामासको दाल र चामल मिसाइएको खिचडी, घिउ–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन छ । जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदी किनार तथा त्रिवेणीहरुमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसावले पनि उपयोगी मानिन्छ । माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । पुस मसान्तमा घरघरमा माछामासु र ढिकरी (पिठोको एक परिकार) खाइ रातभर मघौटा नाच नाच्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०७६, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली