काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुस्थित सडकमा बा.१६ च ८७७० नम्बरको स्कार्पीयो गाडी, बा.६४ प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय बीआर ०६ पीडि ४०५९ नम्बरको स्कार्पीयो गाडी एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका दक्षिण ढोका बस्ने २२ वर्षीय शिब सुनुवार रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सागर श्रेष्ठ सोही अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार बिहान भएको दुर्घटनाका दुबै स्कार्पियो गाडी चालकहरुलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०७६, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद