काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुस्थित सडकमा बा.१६ च ८७७० नम्बरको स्कार्पीयो गाडी, बा.६४ प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय बीआर ०६ पीडि ४०५९ नम्बरको स्कार्पीयो गाडी एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका दक्षिण ढोका बस्ने २२ वर्षीय शिब सुनुवार रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सागर श्रेष्ठ सोही अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार बिहान भएको दुर्घटनाका दुबै स्कार्पियो गाडी चालकहरुलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०७६, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन