प्रधानसेनापति थापा के गर्दैछन् बंगलादेशमा

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, १९ : ३०
प्रधानसेनापति थापा के गर्दैछन् बंगलादेशमा

फाईल फोटो

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा अहिले मित्रराष्ट्र बंगलादेश भ्रमण छन् । मित्रराष्ट्र बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणामा आइतबारदेखि बंगलादेशको भ्रमणमा निस्किएका थापाले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग शिष्टाचार भेटवार्ता गरे ।  

उनले नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागिता जनाएको नेपाली सेनाको जंगी अड्डाले जनाएको छ ।

उनले आज वीर सैनिक स्मारकमा माल्यार्पण गरेका थिए भने । उनको सम्मानमा  त्यहाँका सेनाले सम्मान गारत अर्पण गरेका थिए । यस्तै उनले बंगलादेशको आर्म फोर्स डिभिजनको भ्रमण गर्नुका साथै
विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट गरे  । 

उनी चार दिने औपचारिक भ्रमण समाप्त गरी माघ १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उनी सेनाको विमान चार्टर गरेर भ्रमणमा गएका हुन् ।

प्रतिक्रिया दिनुहोस