पक्राउ परे शिवानन्द स्वामी

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, १६ : ०७
पक्राउ परे शिवानन्द स्वामी

काठमडौं । शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ परेका छन् ।
शिष्यलाई ठगी गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस