लामालाई यसकारण गोली ठोकियो...

सफल खबर संवाददाता

आइतबार, २७ पुस २०७६, २२ : १५
लामालाई यसकारण गोली ठोकियो...

काठमाडौँ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएर गुण्डागर्दी मच्चाउँदै आएका सिन्धुपाल्चोकका विष्णु लामा गत एक वर्षदेखि नै प्रहरीको आँखा छल्दै आएका थिए । सिन्धुपाल्चोक र काठमाडौँमा उनी विरुद्धको दुई मुद्दा विचाराधिन रहेकाले प्रहरीको उनलाई फरार सूचिमा राखेको थियो ।

त्यसैले विगतदेखि नै उनलााई प्रहरीले खोजी गर्दै आईरहेको थियो । केही दिनअघि लामा काठमाडौँमै रहेको प्रहरीमा सूचना आयो । त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले विशेष खोजी अभियान चलाएको थियो । लामालाई आज खोजीका क्रममा प्रहरीले काठमाडौँ गोकर्ण नगरपालिका ८ अत्तरखेल आसपास रहेको सूचना प्रहरीले प्राप्त गर्यो ।

त्यही विशेष सुचनाको आधारमा वृत्त वौद्धबाट विशेष टोली गरी खोजतलासमा निस्कियो । प्रहरी पुग्दा लामा एउटा होटलमा थिए । ‘प्रहरी देख्ने बित्तिकैे बाहिर भाग्दै ढुङ्गा हान्न थाल्यो, त्यसपछि प्रहरीले बाध्य भएर गोली हान्नु पर्यो’, वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले भने । सिंहकै नेतृत्वमा प्रहरी टोली उनको खोजीमा खटिएको थियो । लामाको बायाँ खुट्टाको पिडौलामा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको  छ ।

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा
लामाको घर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ हो । हाल गोकर्ण नगरपालिका ८ अत्तरखेल बस्दै आएका छन् । उनले यही बौद्धलाई अखडा बनाएर गुण्डागर्दी गर्दै आएको प्रहरीले अभिलेखमा उल्लेख छ । ३० वर्षका लामाले सिन्धुपाल्चोकमा गत वर्ष माघे संक्रान्तिको दिन भएको ग्याङ फाईटमा एक १७ महिनाको वच्चालाई चिर्पटले प्रहार गरी हत्या गरेका थिए ।

अर्कैलाई हानेको चिर्पट बच्चालाई लाग्न पुगेको प्रहरी श्रोतको भनाई छ । त्यही कर्तव्य ज्यान मुद्दामा फरार रहेका लामाले त्यसअघि २०७५ साल असोज ५ गते अर्को घटना घटाए । रातीको समयमा गोकर्णेश्वर ८ अत्तरखेलस्थित मायाज क्याफेमा वर्ष २३ को सुदर्शन रोक्का चिया खाई बसेको बेला लामा र सुभराज सुनुवार विच विवाद भएको भएको थियो ।

विवादको क्रममा कुटपिट हुंदा शुभराज सुनुवारलाई घाउचोट लागेकोले घाईतेलाईनेपाल मेडिकल कलेजमा पुर्याएका थिए ।त्यही मौकामा लामासमेत ७ जनाको समुहले ईटा तथा फलामको रडले प्रहार गरी घाईते बनाई फरार रहेका महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी बताउँछन् । उनी विगत लामो समयदेखिनै गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस