काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले बुझाएको ज्ञापनपत्र आज बुझ्दै उहाँले लोकतन्त्रको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्नेमा जोड दिनुभयो । “ सुशासनलाई अगाडि बढाउन र संविधानको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्छ”, उहाँले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले सरकारसँग असन्तुष्ट भएका जनतालाई काँग्रेसमा आकर्षण गर्नुपर्ने बताउनुभयो । सरकारलाई भ्रष्टाचारमुक्त र काँग्रेसलाई विकृतिमुक्त बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले पार्टीको १४औँ महाधिवेशन विधिसम्मत रुपमा तोकिएको समयमा हुनुपर्ने उल्लेख गर्नुभयो । पार्टीलाई सुधार गर्नका लागि आफू विधान कार्यान्वयनका पक्षमा उभिएको उहाँको भनाइ थियो । पार्टीका नेता प्रकाशमान सिंहले विधिविधानअनुसार चल्न नसक्दा काँग्रेस दिनानुदिन कमजोर बन्दै गएको बताउनुभयो । “सिद्धान्त, आदर्श र संविधान निर्माणको नेतृत्व गरेको पार्टीको वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न सक्दैन”, उहाँले भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य डा रामशरण महतले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य बोकेको सरकारले जनतालाई सुखी बनाउन नसकेको आरोप लगाउनुभयो । नेता डा महतले विधान कार्यान्वयनमा पार्टी नेतृत्व नलागेको बताउँदै पार्टीलाई सुधारका लागि गतिलो नेतृत्वको खाँचो औँल्याउनुभयो । पार्टीको चौधौँ महाधिवेशन निष्पक्ष हुनुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ पुस २०७६, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति