काठमाडौँ । एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यस निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको छ ।
नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले आगामी दिनमा मुलुकमा एलपी ग्यास अभाव हुन नदिने बताउनुभयो । उहाँका अनुसार, निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने उद्देश्यसहित झापाको चारआली र धनुषाको महेन्द्रनगरमा ग्यास ‘बोटलिङ तथा रिफिलिङ प्लान्ट’ निर्माण प्रक्रिया सुरु गरेको छ ।
उहाँका अनुसार सो कारखाना परिसरमा ग्यास बुलेट भर्ने र झार्ने व्यवस्था समेतको पूर्वाधार निर्माण गरिनेछ । झापामा २९ बिघा र जनकपुरमा १० बिघा जग्गा निगमको स्वामित्वमा रहेको छ । झापा र जनकपुरमा तीन÷तीन हजार मेट्रिक टन क्षमताका ग्यास भण्डारण गृह निर्माण गर्ने योजना निगमको छ । अहिले निगमसँग ग्यास भण्डारण गृह छैन ।
उहाँले पुस २६ गते निगमको ५०औँ वार्षिकोत्सवमा बिक्री वितरण गर्ने ग्यासको लोगो सार्वजनिक गर्ने जानकारीसमेत दिनुभयो । उहाँले खुला अर्थतन्त्रमा निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर उत्पादन गरी प्रतिस्पर्धा र बिक्री वितरण गर्नेछ, एलपी ग्यासमा अब राज्यको आफ्नै उपस्थिति हुनेछ । खुला अर्थतन्त्रको नीति अनुसार खाना पकाउने ग्यासको उत्पादन, ब्रान्डिङ र बजारीकरणमा सरकारी स्वामित्वको ‘एनओसी ब्रान्ड’ मा बजारमा ग्यास सिलिन्डर आउनेछ भन्नुभयो ।
निगमका प्रवक्ता गोइतले ग्यास बोटलिङ, रिफिलिङ प्लान्ट र भण्डारण गृह निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढाइसकिएको छ । त्यसका लागि आशय पत्रसमेत माग गरिसकिएको जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २७ पुस २०७६, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ग्यास सिलिन्डर पड्किँदा आगलागी
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु