काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ ।
गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम तस्करीको सुन पक्राउ परेको थियो । सो महिनामा सुनको मूल्य न्यूनतम ७१ हजार तीन सय रुपियाँदेखि अधिकतम ७१ हजार आठ सय रुपियाँ पुगेको थियो ।
त्यस्तै कात्तिकमा एक हजार ९० ग्राम सुन पक्राउ परेको भन्सार विभागले जनाएको छ । यस महिनामा सुनको मूल्य ६९ हजार नौ सय देखि ७१ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै मङ्सिरमा पनि नौ हजार २७२ ग्राम तस्करीको सुन पक्राउ परेको थियो ।
यो महिनमा सुनको मूल्य ७१ हजार तीन सय रुपियाँबाट उकालो लाग्दै ७१ हजार आठ सय रुपियाँसम्म कारोबार भएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २७ पुस २०७६, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बजारमा सुनको कृत्रिम अभाव
२४ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?