पेट्रोलियम पदार्थको आपूर्ति निजी क्षेत्रलाई कुनै हालतमा दिनु हुँदैनः मन्त्री भट्ट

सफल खबर संवाददाता

शनिबार, २६ पुस २०७६, २० : २६
पेट्रोलियम पदार्थको आपूर्ति निजी क्षेत्रलाई कुनै हालतमा दिनु हुँदैनः मन्त्री भट्ट

फाईल फोटो

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिमा निजी क्षेत्रलाई समावेश गराउन नहुँने उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बताएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल आयल निगमको ५०औं वार्षिक जन्मोत्सवमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । 

राष्ट्रिय सवाल, सरोकार र संवन्ध स्थापित क्षेत्रलाई प्रतिसप्रदाको नाममा निजीकरण गर्न नहुने मन्त्री भट्टराईको भनाई छ । सन् १९६२ को भारत–चिनबीचको युद्धलाई हेरे हुन्छ । जुन समयमा भारतले चिनसँग हार वेहोर्नु परेको थियो । कारण भारत–चिन युद्ध भएको सिमानामा पेट्रोलियम पदार्थको कारोबार बहुराष्ट्रिय कम्पनीलाई दिइएको थियो । जहाँ पेट्रोलियम पदार्थकै कारण हार भएको थियो । भट्टले भने भोलि नेपालमा पनि त्यस्तो समस्या नआउला भन्न सकिदैन । त्यसैले पेट्रोलियम पदार्थको कारोबार र आपूति प्रतिस्पर्धाको नाममा निजी क्षेत्रलाई कुनैपनि हालत दिनु हुँदैन । 

यसै अबसरमा मन्त्री भट्टराईले उद्योग क्षेत्रको विकासमा उद्योगी, व्यवसायी र कर्मचारी सबै मिलेर लाग्नु पर्ने बताए । उद्योग विना मजदुर नहुने, मजदुर विना उद्योग नहुँने र उद्योग नभए व्यापार व्यवसाय नहुँने बताए । 

यसै प्रसंगमा मन्त्री भट्टले उखु किसान र उद्योगीको विषय बोल्दै उद्योग नभए उखुको खेति नहुने र उखु नभए चिनी उद्योग नचल्ने भन्दै कृषक र उद्योगी मिल्नुको विकल्प नभएको बताए ।
शनिबार नेपाल आयाल निगमले ४९ वर्ष पूरा गरी ५०औ वर्षमा लागेको अबसरमा ५०औ जन्म गाँठ अर्थात् स्वर्णजयन्ती मनाएको छ । वि.स २०२६ सालमा स्थापना भएको निगमले शनिबार भव्य समारोहकाबीच स्वर्णजयन्ती मनाएको हो । 

कार्यक्रममा बोल्दै निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विभिन्न कालखण्डमा विविध आरोह अबरोध झेल्दै निगमले ४९औ वर्ष पूरा गरी ५०औं वर्षमा लागेको र भावि दिनमा अझ संस्थागत सुधार गर्दै जनसेवा समर्पित हुने बताए । 

यसै अबसरमा उनले देश सङ्घीय संरचनामा गएसँगै सोही अनुरुपनै संस्थानलाई लैजाने र सेवालाई चुस्त दुरुस्त बनाउने बताए । निगमको कार्य प्रगति सुनाउँदै पौडेलले पेट्रोलियम पदार्थको प्रयोग ९ दशमलव ३८ प्रतिशतले बढेको र आर्थिक वर्ष २०७५÷०७६ मा २५ लाख ७ हजार १ सय ४४ किलो लिटर पेट्रोलियम पदार्थ र ४ लाख २९ हजार ६ सय ९ टन एलपी ग्याँस आपूर्ति गरि उपभोक्तालाई सेवा पु¥याएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस