काठमाडौं । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला कुन हो ? सामान्य हाजिरी जवाफमा प्रश्न सोध्दा पनि सबैले भन्ने गर्छन्, – झापा । झापाको दमकमा ओलीको घर छ । यता भक्तपुर बालकोटमा पनि ।
२०७४ फागुन ३ मा प्रधानमन्त्री भएयता भने उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेका छन् । तर उनी जन्मिएको झापामा होइन, तेरथुमको अठराई इवामा ओली जन्मिएका हुन् ।
उनको जन्मघर अहिले तेरथुमको अठराई इवा पुग्ने जो कोहीका लागि पनि आन्तरिक पर्यटनका रुपमा हेर्ने मेलो बनेको छ ।
‘प्रधानमन्त्री ओली जन्मिएको घर त्यही हो नी !’ इवा पुग्ने जो कोहीले पनि उनको घर हेर्न जाने र पुग्ने गरेका छन् । त्यहाँ पुगेर कतिपयले भने फोटो समेत खिचाउने क्रम पछिल्ला दिनमा बढेको स्थानियहरु बताउँछन् ।
यहा आईपुग्नेहरु प्रधानमन्त्री जन्मिएको घर चाँही कुन हो भन्दै प्रश्न गर्छन् । त्यहाँ घरमा पुगेर हेरेपछि फोटो खिचेर जाने गर्छन्, स्थानियलाई उदधृत गर्दै त्यहाँ पुगेर फर्केकाहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०७६, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता