सुनको मूल्य  हजार रुपैयाँले घट्यो

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०७६, १३ : ०३
सुनको मूल्य  हजार रुपैयाँले घट्यो

काठमाडौं । बुधबार कीर्तिमानी मूल्य कायम गरेको सुन बिहीबार प्रतितोला हजार रुपैयाँ घटेको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय कायम गरेको छ ।

तेजावी सुनको मूल्य पनि घटेको छ । बिहीबार नेपाली बजारमा तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरेको छ ।

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सुन सस्तिएको हो । बुधबार १५ सय ८० अमेरिकी डलर प्रतिऔंस रहेको सुनको मूल्य बिहीबार १५ सय ५५ अमेरिकी डलरमा झरेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो ९ सय २० रुपैयाँ तोकिएको चाँदी आज प्रतितोला ९ सय कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस