काठमाडौं । संघीय सरकारका विभिन्न निकायमा पनि सेवा प्रवाह गर्दा घुस असुल्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । सेवा प्रवाहका नाममा सरकारी कार्यालयका कर्मचारीले सर्वसाधारणसँग घुस असुल्ने क्रम अहिले पनि यथावत् रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारले गरेको अध्ययनअनुसार संघीय सरकारअन्तर्गत रहेका विभिन्न सरकारी कार्यालय भ्रष्टाचारको उच्च जोखिममा रहेका छन् । ती कार्यालयमा कर्मचारीले खुलेयाम घुस असुली गर्दा अख्तियारको स्टिङ अप्रेसनको फन्दामा समेत पर्दै आइरहेका छन् ।
चालू आर्थिक वर्षको ६ महिनामा मात्रै अख्तियारले संघीय सरकारका विभिन्न कार्यालयमा गरेको स्टिङ अप्रेसनमा १ सय ६५ जना कर्मचारी पक्राउ परेका थिए । पक्राउ पर्नेमा भने खरिदार र सुव्वा स्तरका कर्मचारी बढि छन् । ठुला तहका कर्मचारलाई स्टीङले छुन सकेको छैन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २० पुस २०७६, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ