काठमाडौं । देशभरका ८३ मध्ये १६ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा फेल भएको खबर नयाँ पत्रिकामा समाचार छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनमा ती अस्पतालहरू न्यूनतम सेवा मापदण्डमा निकै कमजोर साबित भएका हुन् ।
मन्त्रालयले पहिलो चरणमा गरेको अध्ययनका क्रममा ८३ वटै अस्पतालमा न्यूनतम सेवा नभएको पाइएको थियो । सबै अस्पतालहरूले पूर्णांकको ४८ प्रतिशत मात्रै नम्बर पाएका थिए । तर, दोस्रो र तेस्रो चरणको अध्ययनमा धेरै अस्पतालले सुधार गरेका थिए ।
१६ अस्पतालमा भने तेस्रो चरणमा पनि न्यूनतम सेवा मापदण्ड उस्तै रहेको थियो । उनीहरूको स्कोर ६० प्रतिशतभन्दा कम रहेको छ । जिल्ला तहका अस्पतालहरूलाई प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्था मन्त्रालयले न्यूनतम सेवा मापदण्डका लागि २४ देखि ४० लाख र एनएसआई नामक संस्थाले पाँच लाख अनुदान प्रदान गर्दै आएको छ । तर, जिल्ला अस्पतालहरूले दिने न्यूनतम सेवाको मापदण्ड भने निकै कमजोर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २० पुस २०७६, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित