चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै नेता तथा कार्यकर्तालाई समेटी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । रत्ननगर नगर समितिले आज चितवनको टिकौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र विकृति मौलाउन दिन नहुनेमा जोड दिनुभयो ।
“सभापतिका कारण पार्टी कमजोर बन्नुहुँदैन ”, उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थमा कोही लाग्नुहुँदैन, पार्टी बलियो भए मात्र सबै बलियो हुन्छौँ ।” पार्टीलाई रोगमुक्त बनाउन आफूले नौबुँदे सुझाव पेश गरेको नेता पौडेलले जानकारी गराउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सभापतिसँग आग्रह गर्नुभयो ।
काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी कब्जा गर्ने नभई सत्ता कब्जा गर्ने गरी नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो । काँग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डिना उपाध्याय, कमला पन्त, चितवन सभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विधाबाट १२ जना तथा पार्टी पूर्वनगरसभापति चार जनालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ पुस २०७६, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस