भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा स्कुटरले ठक्कर दिँदा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नंको कन्टेनरका सहचालकको मृत्यु भएको छ ।
कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाललाई काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेकोे बा९२प ३४०९ नंको स्कुटरले ठक्कर दिएको थियो ।
गम्भीर घाइते पालको डा इवामुरा मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । ठक्कर दिने स्कुटर चालक जिल्ला सूर्यविनायक नगरपालिका–९ नलिनचोक बस्ने ३८ वर्षीय वसन्त देउजालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ पुस २०७६, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते