काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याइएको २ किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल विमानस्थलबाट पक्राउ परेका हुन् ।
प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले मलद्वारमा लुकाएर सुन ल्याइएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताए ।
‘सुनलाई पगालेर तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको रहेछ’, ढकालले भने । काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गरेपछि लुकाएको सुन पत्ता लागेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने