अन्ततः एसपी मल्लले चितवन छाडे

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, १४ : २७
अन्ततः एसपी मल्लले चितवन छाडे

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी)दान बहादुर मल्लले अन्तत चितवन छाडेका छन् ।

मल्लले आज रवाना बुझेका हुन् । मल्लले रवाना बुझेको प्रदेश न ३ प्रहरी कार्यालयका डिआईजी सेर बहादुर बस्नेतले बताए ।  
एसपी मल्लले आज डिएसपीलाई चार्ज बुझाएर दरबन्दीको लागी रवाना लिएका छन् । उनी आजै काठमाणडौँ जाने तयारी भईरहेको जनाईएको छ । 

डिआईजी बस्नेतका अनुसार रमाना बुझेको विषयमा लिखित जानकारी आउन बाँकी नै रहेको छ । 
सरुवा भएको लामो समयसम्म जिल्ला नछाड्ने अडानमा रहेका मल्लको चौतर्फि आलोचना भएको थियो । उनले आफुले तत्कालै चितवन नछाड्ने विभिन्न सञ्चारमाध्यमलाई समेत भनेका थिए । 

मल्ललाई प्रहरी प्रधान कार्यालयले पुस ४ गत्ते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । एसपी मल्लको स्थानमा एसपी गंगा पन्तलाई सरूवा गरेको छ ।