काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीलाई सकेसम्म घरपायकका विद्यालयमै पढ्न अनुरोध गरेको छ । मन्त्रालयले हालै जारी गरेको शिक्षा नीतिमा यस्तो अनुरोध गरेको हो ।
राम्रो विद्यालयको नाममा घण्टौ समय लगाएर टाढा टाढाका विद्यालयमा विद्यार्थी पढ्न पठाउँदा उनीहरुमा मानसिक असर पर्नेदेखि समयसमेत बर्बाद हुने भएकोले घर नजिकको विद्यालयमै पढ्न उचित हुने मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय विद्यार्थीलाई टाढाको स्कुलमा पढ्न पठाउँदा सडक जाम हुने समस्या पनि बढेको छ । सडक जाम बढेकै कारण सरकारले उपत्यका भित्रका विद्यालयमा नौ बजेभित्र नै विद्यार्थी लगिसक्नुपर्ने नियम बनाएको छ । शिक्षा नीतिमा विद्यालयको नक्साङ्कन गर्ने विषय पनि समेटिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएमा अहिलेजस्तो मनपरी रुपमा विद्यालय खोल्ने व्यवस्थाको पनि अन्त्य हुनेछ । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १७ पुस २०७६, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन