काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीलाई सकेसम्म घरपायकका विद्यालयमै पढ्न अनुरोध गरेको छ । मन्त्रालयले हालै जारी गरेको शिक्षा नीतिमा यस्तो अनुरोध गरेको हो ।
राम्रो विद्यालयको नाममा घण्टौ समय लगाएर टाढा टाढाका विद्यालयमा विद्यार्थी पढ्न पठाउँदा उनीहरुमा मानसिक असर पर्नेदेखि समयसमेत बर्बाद हुने भएकोले घर नजिकको विद्यालयमै पढ्न उचित हुने मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय विद्यार्थीलाई टाढाको स्कुलमा पढ्न पठाउँदा सडक जाम हुने समस्या पनि बढेको छ । सडक जाम बढेकै कारण सरकारले उपत्यका भित्रका विद्यालयमा नौ बजेभित्र नै विद्यार्थी लगिसक्नुपर्ने नियम बनाएको छ । शिक्षा नीतिमा विद्यालयको नक्साङ्कन गर्ने विषय पनि समेटिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएमा अहिलेजस्तो मनपरी रुपमा विद्यालय खोल्ने व्यवस्थाको पनि अन्त्य हुनेछ । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १७ पुस २०७६, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द