सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज दिउँसो तीन राउण्ड फायर गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको पुष्टि गर्नुभयो । विप्लव समूहका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उहाँलाई पक्राउ गर्न गएको थियो ।
प्रहरी उपरीक्षक पन्तले शाहीको घरमा नपुग्दै जङ्गलमा प्रहरीमाथि आक्रमणको प्रयास गरेको बताउनुभयो । शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो । “प्रहरीलाई देख्न वित्तिकै ८–१० जनाको सङ्ख्यामा रहेका विप्लवका कार्यकर्ताले फायरिङ गरे, हाम्रो तर्फबाट दुई जनामात्रै भएकाले पक्राउ गर्न सकेनौं,” इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले भन्नुभयो,“अहिले थप प्रहरी परिचालन गरेर जङ्गल क्षेत्रमा उनीहरुको खोजी भइरहेको छ ।”
यसैबीच, विप्लव समूहले हिजोराति सुर्खेतका विभिन्न स्थानमा रहेको एनसेल टावरमा बम राखेको थियो । भेरीगङ्गा नगरपालिकाको एनसेल टावरमा आगजनी गर्नुका साथै वीरेन्द्रनगर पिपिरास्थित एनसेल टावर नजिक बम राखेको थियो । उक्त बम आज बिहान नेपाली सेनाले निष्क्रिय पारेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १६ पुस २०७६, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव
गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव
कालिकोट पुगेर विप्लवले गरे भेडा फर्म उद्घाटन
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय