६ वटा ग्यास उद्योगसँग स्पष्टीकरण माग

पत्रपत्रिकाबाट

बुधबार, १६ पुस २०७६, ०८ : ०६
६ वटा ग्यास उद्योगसँग स्पष्टीकरण माग

काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न छ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको छ ।

विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो । सरकारको संयुक्त अनुगमनका क्रममा सिलिन्डरमा हाइड्रो स्ट्यालिक टेस्ट नगरिएको क्लिनिङ तथा ड्राइङ नभएको र ‘टियर वेट’ (खाली सिलिन्डरको) नलिएको भेटिएपछि ती उद्योगलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

विभागले स्पष्टीकरण सोधिएका ग्यास उद्योग एभरेस्ट, श्रीकृष्ण, साइबाबा, क्यावसन्स, भानु र त्रिवेणी रहेका छन् । विभागका अनुसार एभरेस्ट ग्यासमा लेदो भेटिएको भन्ने उजुरीका आधारमा अनुगमन गर्दा कैफियत भेटियो भने श्रीकृष्ण ग्यासमा नयाँ सिलिन्डरको हावा फाल्ने व्यवस्था र ‘टियर वेट’ लिने व्यवस्था नभएको भेटिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस