काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न छ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको छ ।
विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो । सरकारको संयुक्त अनुगमनका क्रममा सिलिन्डरमा हाइड्रो स्ट्यालिक टेस्ट नगरिएको क्लिनिङ तथा ड्राइङ नभएको र ‘टियर वेट’ (खाली सिलिन्डरको) नलिएको भेटिएपछि ती उद्योगलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।
विभागले स्पष्टीकरण सोधिएका ग्यास उद्योग एभरेस्ट, श्रीकृष्ण, साइबाबा, क्यावसन्स, भानु र त्रिवेणी रहेका छन् । विभागका अनुसार एभरेस्ट ग्यासमा लेदो भेटिएको भन्ने उजुरीका आधारमा अनुगमन गर्दा कैफियत भेटियो भने श्रीकृष्ण ग्यासमा नयाँ सिलिन्डरको हावा फाल्ने व्यवस्था र ‘टियर वेट’ लिने व्यवस्था नभएको भेटिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ पुस २०७६, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै