टाँडीको द नाइन्टिन्स् रेष्टुरेन्टमा अंग्रेजी नयाँ वर्षमा लाईभ म्युजिक हुने

आइतबार, १३ पुस २०७६, १७ : २६
टाँडीको द नाइन्टिन्स् रेष्टुरेन्टमा अंग्रेजी नयाँ वर्षमा लाईभ म्युजिक हुने

- आशिष उप्रेती
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–२ टाँडी चोकमा रहेको द नाइन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा अंग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर अभिध्या ब्याण्डले लाइभ म्युजिक गर्ने भएको छ ।

यहि डिसेम्बर ३१ अर्थात् पुस १५ गते मंगलबार बेलुका ५ बजेदेखि निःशुल्क प्रवेशमा सो ब्याण्डले टाँडी चोकमा रहेको द नाइन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा लाइभ म्युजिक गर्न लागेको हो ।  
नाइन्टिन्स् रेष्टुरेन्ट एण्ड बारले अंग्रेजी नयाँ वर्षको अवसरमा डिसेम्बर २३ देखि जनवरी २ सम्म विशेष छुट र अफरको व्यवस्था समेत राखेको छ । 

उक्त रेष्टुरेन्ट एण्ड बार मंसिर २६ गतेदेखि सञ्चालनमा आएको हो । सो रेष्टुरेन्ट एण्ड बारमा कसैलाई बर्थडे पार्टी, एन्नीभर्सरी, गेट टुगेदर पार्टी, बेबी सावर पार्टी, सेमिनार र मिटिङ हलको आवश्यकता परेमा सोको व्यवस्था समेत रहेको छ । 

नेपाली युवाहरुले नेपालमा बसेर पनि केही व्यवसाय गर्न सक्छन् भन्ने उद्देश्यका साथ करिब ५० लाखको लगानीमा सो रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेको सञ्चालक पुष्कर डल्लाकोटीले बताए । सो रेष्टुरेन्टमा अहिले चार जना कुक, दुई जना सहायक कुक, ४ जना वेटर र २ जना फोटोग्राफर रहेका छन् ।

अरु रेष्टुरेन्ट एण्ड बारको तुलनामा गुणस्तरीय सेवा प्रदान गरी ग्राहकलाई सन्तुष्टि दिलाउने उनको विश्वास छ । हामीको यस कदमले धेरै युवालाई अरु केही नयाँ व्यवसाय सञ्चालन गरौं भन्ने उत्प्रेरणा जाग्ने डल्लाकोटीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस