प्रहरीलाई घुस दिन खोज्दा...

पत्रपत्रिकाबाट

आइतबार, १३ पुस २०७६, ०७ : १०
प्रहरीलाई घुस दिन खोज्दा...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगन्ज महानगरपालिका २ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ ।

वीरगन्जबाट हेटौडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई रु २८ हजार घुस दिन खोजेको आरोप लागेको छ । खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खाजेको आयोगले आज जनाएको छ ।

आयोगले घुस रकम सहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस