सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, ११ : ५४
सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ७२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १० बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस