घर तथा गाडी कर्जामा कस्दै राष्ट्र बैंक

पत्रपत्रिकाबाट

बुधबार, ०९ पुस २०७६, ०७ : ३१
घर तथा गाडी कर्जामा कस्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरकर्जा तथा गाडी कर्जामा जटिलता थपिनेगरी नयाँ निर्देशन जारी गरेको छ । बैंकले मंगलबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने निर्देशन जारी गरेको हो ।

केन्द्रीय बैंकले गरेको सर्कुलरअनुसार मासिक ५० हजार रुपैयाँ आम्दानी गर्नेले २५ हजार रुपैयाँसम्म किस्ता तिर्ने गरेर मात्र ऋण प्राप्त गर्न सक्नेछन् । यदि किस्ता रकम २५ हजारभन्दा बढी पर्ने भएमा उसले ऋण नपाउने नयाँ प्रावधान थपिएको छ । ऋण लिनका लागि पनि आयस्रोत खुल्ने प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

यसका साथै आयस्रोतको प्रमाण पेस गर्दा कर तिरेको प्रमाण वा करचुक्ताको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधानले निजी घर निर्माणका लागि लिइने कर्जा प्रक्रिया जटिल हुनेछ । ऋणीले कर चुक्ता गरेको प्रमाणपत्रको आधारमा मात्र वार्षिक कुल आय गणना गर्ने प्रावधानले ऋण लिनेको संख्या घट्ने सम्भावना बढेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस