बढ्यो सुनचाँदीको मूल्य

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, १२ : १६
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७१ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर आज मंगलबार ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ७१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस