प्रेरणाले छाड्न अटेर गर्दै आएको जग्गासम्बन्धी विवादको पेशी शुक्रबार

सोमबार, ०७ पुस २०७६, ०७ : ५८
प्रेरणाले छाड्न अटेर गर्दै आएको जग्गासम्बन्धी विवादको पेशी शुक्रबार

काठमाडौँ । करिब डेढ वर्षअघि नेपाल ट्रस्टको कार्यालयले ताहाचलस्थित छाउनीमार्गमा रहेको १५ रोपनी जग्गा खाली गर्न पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई पत्राचार गर्‍यो । सर्वोच्च अदालतको फैसलाअनुसार आफ्नो नाममा आएको ‘विजया घर’ र जग्गा खाली गर्न ट्रस्टले ३५ दिने सूचना जारी गरेको थियो । तर प्रेरणाले घरजग्गा बुवाले दाइजो दिएको भन्दै छोड्न अटेरी गर्दै आएकी छन् ।

अदालतले ०७३ पुस २१ गते राजसंस्थाको सम्पत्ति मुलुकको हितविपरीत व्यक्तिगत रूपमा आफूखुसी दान, बकस, दाइजो, पेवा, राजीनामा दिन नमिल्ने फैसला गरेको थियो । सर्वोच्चले त्यो सम्पत्ति कुनै पनि किसिमबाट हस्तान्तरण गर्न नहुने नजीर कायम गरिदिएको छ ।

पुनरावलोकनबाट समेत अन्तिम भइसकेको विषयवस्तुलाई प्रेरणाले फेरि सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिइन् । दर्ता नै नहुनुपर्ने निवेदन गत वर्षको पुस ६ गते दर्ता भयो र संवैधानिक इजलासबाट ‘मिसिल झिकाउने’ आदेश भयो । आगामी शुक्रबार पनि पेसी तोकिएको उक्त निवेदनका कारण ताहाचलको जग्गा सरकारको नाममा आउन कठिनाइ भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस