सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित एकता टोलबाट प्रहरीले आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली बरामद गरेको छ ।
प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरेको हो ।
सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार बरामद हतियार र गोलीमा खिया लागेको छ । उनका अनुसार हतियार र गोली बरामद भएको स्थानमा २०६७ सालमा कुखुराको खोर निर्माण गरिएको थियो । पछिल्लो समय खोरमा कुखुरा पालिएको छैन् ।
विष्फोटक पदार्थ भेटिएको सूचनाका आधारमा नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको प्रहरीले हतियार बरामद गरेको हो ।
बरामद गरिएको हतियार तत्कालीन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान प्रहरीको छ । ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०७६, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा