बैठक सकेर ओलीलाई बालुवाटारमा ब्रिफिङ गर्न पुग्छन् प्रचण्ड

पत्रपत्रिकाबाट

शनिबार, ०५ पुस २०७६, ०७ : ४५
बैठक सकेर ओलीलाई बालुवाटारमा ब्रिफिङ गर्न पुग्छन् प्रचण्ड

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डलाई यो साता असिनपसिन भयो । पार्टी एकीकरणको डेढ वर्षपछि बसेको स्थायी समिति बैठक एक्लै सञ्चालन गर्ने जिम्मा पाएका दाहालसँग अर्को जिम्मेवारी थियो– बैठकमा उठेका विषयबारे अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गर्ने । 

त्यसैले उनी स्थायी समिति बैठकको पाँचौ दिनसम्म आइपुग्दा चार दिन त बैठक सकेर सोझै प्रधानमन्त्री निवास बालुवाटार पुगे । ‘बैठक सकिएपछि दाहाल सोझै बालुवाटार जानुहुन्थ्यो’, स्रोतले भन्यो, ‘दुबै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेस भएकाले त्यसमा कस्ता विषय उठे भन्नेमा प्रधानमन्त्रीज्यूको अलि धेरै नै चासो थियो ।’

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई प्रचण्ड र महासचिव विष्णु पौडेलले सबै जानकारी गराउने गरेको बताए । कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस