काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री घनश्याम भुसालले बाँच्न पाउने नागरिकको अधिकार रक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । रुपन्देहीको देवदहमा शहीद दुर्गा वसन्त स्मृति प्रतिष्ठानले आज आयोजना गरेको स्मृति सभामा उहाँले हत्याहिंसा रोक्न नसक्नु सरकारको कमजोरी भएकाले अबका दिनमा जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, डा कृष्ण न्यौपाने, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट, प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भट्टराई, युवा सङ्घका केन्द्रीय सदस्य सरिता श्रीष लगायतले नागरिकको जीवन रक्षा सरकारको जिम्मेवारी भएको बताउनुभयो ।
तत्कालीन नेकपा एमाले निकट युवा सङ्घ रुपन्देहीका अध्यक्ष रहेको दुर्गा तिवारीको तीन वर्षअघि देवदहमा गोली हानेर हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ पुस २०७६, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल