२४ जना एसपीको सरुवा, चितवनका मल्ल विमानस्थलमा

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, १६ : ४६
२४ जना एसपीको सरुवा, चितवनका मल्ल विमानस्थलमा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ जना  प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय, चितवनमा गंगा पन्त, झापामा कृष्ण कोइराला, स्याङ्जामा जनार्दन जिसी, कञ्चनपुरमा मुकुन्द मरासिनी, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल र धादिङमा रवीन्द्र रेग्मी पठाइएका छन् ।

रौतहटमा रविराज खड्का, धनुषामा रमेशकुमार बस्नेत, सर्लाहीमा विश्वमणि पोखरेल र मकवानपुरमा सुशीलसिंह राठौर पठाइएका छन् ।

तवनका दानबहादुर मल्लको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचर काठमाडौंमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस