काठमाडौँ । प्रहरी इन्सपेक्टरलाई घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही वाग्मती नपा वडा नं ८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई दश हजार दिन खोजेकाले उनलाई पक्राउ गरिएको हो ।
निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । मोटरसाइकल दुर्घटना भएको सम्बन्धमा मिलापत्र गराउन उनले प्रहरीलाई घुस दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०७६, २२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ