काठमाडौं । पुँजीगत बजेट सबैभन्दा धेरै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कर्मचारीको पदस्थापना गर्न नसकेपछि विभिन्न सडकहरुको काममा सुस्तता आएको छ ।
भौतिकका इन्जिनियरिङ्गतर्फका कर्मचारीहरुलाई गत चैत पहिलो साता नै संघमा समायोजन भएको पत्र थमाइए पनि अहिलेसम्म कुन कार्यालयमा कसलाई भनेर पदस्थापन गरिएको छैन । पदस्थापन नगरिएको कारण सबैको अहिले कार्यरत कार्यालय अस्थायी मात्र हो ।
अस्थायी कार्यालयमा जोखिम मोलेर काम गर्दा मन्त्री, सचिव वा महानिर्देशकको स्वार्थ नमिलेपछि जुनसुकै दिन सरुवा हुने डरको कारण कुनै पनि सडक डिभिजन वा योजना प्रमुख काम गर्न हतार गर्ने अवस्थामा छैनन् । सडकका प्रमुखहरु नै पर्ख र हेरको अवस्थामा रहेपछि भौतिक मन्त्रालयको पुँजीगत तर्फको बजेट खर्च अत्यन्त न्यून छ । आर्थिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०३ पुस २०७६, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो
पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै
दाउन्नेमा लामो जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
'अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन-मलेखु सडकमा यात्रा नगर्नू'
मुग्लिन नारायणगढ सडक सञ्चालन
वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध