काठमाडौं । पुँजीगत बजेट सबैभन्दा धेरै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कर्मचारीको पदस्थापना गर्न नसकेपछि विभिन्न सडकहरुको काममा सुस्तता आएको छ ।
भौतिकका इन्जिनियरिङ्गतर्फका कर्मचारीहरुलाई गत चैत पहिलो साता नै संघमा समायोजन भएको पत्र थमाइए पनि अहिलेसम्म कुन कार्यालयमा कसलाई भनेर पदस्थापन गरिएको छैन । पदस्थापन नगरिएको कारण सबैको अहिले कार्यरत कार्यालय अस्थायी मात्र हो ।
अस्थायी कार्यालयमा जोखिम मोलेर काम गर्दा मन्त्री, सचिव वा महानिर्देशकको स्वार्थ नमिलेपछि जुनसुकै दिन सरुवा हुने डरको कारण कुनै पनि सडक डिभिजन वा योजना प्रमुख काम गर्न हतार गर्ने अवस्थामा छैनन् । सडकका प्रमुखहरु नै पर्ख र हेरको अवस्थामा रहेपछि भौतिक मन्त्रालयको पुँजीगत तर्फको बजेट खर्च अत्यन्त न्यून छ । आर्थिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०३ पुस २०७६, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला