पेरिस । विश्वभर सन २०१९ मा ४९ जना पत्रकारको हत्या भएको छ । ‘रिपोटर्स विथाउट वोडर्स’ ले सार्वजनिक गरेको प्रतिवेदनमा यो उल्लेख छ । प्रतिवेदन अनुसार हत्या गरिएका पत्रकारको यो सङ्ख्या १६ वर्षयताकै कम हो ।
विषेशगरी द्वन्द्वरत मुलुक यमन, सिरिया र अफगानिस्तानमा पत्रकारको हत्याका घटनामा कमी आएको देखिएको छ । पेरिसमा कार्यालय रहेको पत्रकारितासम्बन्धी अध्ययन गर्ने संस्थाले पत्रकारिता अझै पनि जोखिमपूर्ण पेशाका रुपमा रहेको जनाएको छ ।
एक वर्षमा ८० पत्रकारले जीवन गुमाउनु पछिल्लो दुई दशकको औसत सङ्ख्या भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाका प्रमुख क्रिस्टोफ डेलोइरले मेक्सिकोमा मात्रै यो वर्ष १० जना पत्रकारको हत्या हुनुले अझै पनि चिन्ताजनक अवस्थामा रहेको पुष्टि गरेको बताए ।
ल्याटिन अमेरिकी देशमा कुल १४ पत्रकार मारिएका उनले जनाए । उनका अनुसार द्वन्द्वग्रस्त लोकतान्त्रिक शासन व्यवस्था भएका देशमा पत्रकारिता गरेकै कारण पत्रकार मारिनुले लोकतन्त्रलाई नै चुनौती थपेको छ । सन् २०१९ भरीमा ३८९ पत्रकारलाई बन्दक बनाइएको र त्यो सङ्ख्या अघिल्लो बर्षको तुलनामा १२ प्रतिशत बढी भएको पनि संस्थाले जनाएको छ ।
तीमध्ये आधाजति पत्रकार चीन, इजिप्ट र साउदी अरब गरी तीन देशमा बन्दी बनाइएका हुन् । सिरिया, यमन, इराक र युक्रेनसहित विश्वभर अहिले पनि ५७ जना पत्रकार कारागार मै रहेको पनि प्रतिवेदनमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०३ पुस २०७६, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयरको धम्कीपछि पत्रकार झुण्डिएको अवस्थामा मृत फेला
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
मकवानपुरका पत्रकारद्वारा कालोपट्टी बाँधेर विरोध
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त