नेपाल पत्रकार महासंघको किन बस्न सकेन बैठक ? यस्तो छ कारण

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०८२, ०८ : ४९
नेपाल पत्रकार महासंघको किन बस्न सकेन बैठक ? यस्तो छ कारण

काठमाडौं । नेपाल पत्रकार महासंघको शनिबार काठमाडौंमा बोलाइएको केन्द्रीय समिति बैठक बस्न सकेन । सल्लाहकारसम्वन्धी विवादका कारण महासंघको बैठक बस्न नसकेको हो । 

पत्रकार महासंघको विधानले सल्लाहकार सम्वन्धी प्रष्ट ब्यवस्था गरेको छ । महासंघको विधान २०६० (पाँचौं संशोधन, २०७५) को परिच्छेद–५, दफा १६ को उपदफा (९) मा स्पष्ट व्यवस्था गरिएको छ कि –‘महासंघको हरेक तहका कार्य समितिमा निवर्तमान अध्यक्ष, त्यस अघिका पूर्व अध्यक्ष तथा समितिको निर्वाचनमा अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी गरी तीनजना समितिका पदेन सल्लाहकार रहनेछन् । उनीहरूको बैठकमा मतदान गर्ने बाहेकका सबै अधिकार समितिका सदस्य सरह हुनेछ ।’

विधानको यो ब्यवस्थाका आधारमा पदेन सल्लाहकारका रुपमा निर्वतमान अध्यक्ष विपुल पोखरेल, त्यस अघिका पूर्व अध्यक्षका रुपमा गोविन्द आचार्य र निर्वाचनमा अध्यक्ष पदका निकटतम प्रतिद्दन्द्दीका रुपमा रमेश विष्ट स्वत पदेन सल्लाहकार हुनेछन् । 

तर अध्यक्ष निर्मला शर्माले सुरुमै सल्लाहकार बोलाइनन् । महासचिव रामप्रसाद दाहाल लगायत प्रेस युनियनबाट महासंघमा प्रतिनिधित्व गरेकाहरुले कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई पनि सल्लाहकार बनाउन त्यसपछि दवाव बढाउन थाले । यो वर्ष दिनमा महासंघको तीन वटा वैठक बसिसकेको छ । चौथो बैठक कात्तिक २९ गते शनिबार काठमाडौंमा बोलाइएको थियो । महासंघको विधानमा चार चार महिनामा केन्द्रीय समितिको बैठक बस्नै पर्ने ब्यवस्था छ । 

महासंघमा शर्मा नेतृत्वको कार्यसमिति आएको वर्ष दिन पुग्दा सम्म सल्लाहकार नबोलाइनु, सल्लाहकारलाई महासंघको कुनै पनि सूचना, वक्तब्य नजानुले महासंघभित्र विवाद उत्पन्न भईरहेको थियो । कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायत कतिपय केन्द्रीय समितिका सदस्यहरुले सुरुकै बैठक देखि सल्लाहकार बैठकमा किन बोलाउन सकिएन भन्दै प्रश्न गरिरहेका थिए । 

जव गत असार ४ र ५ गते पोखरमा महासंघको केन्द्रीय समिति बैठक बस्यो, त्यसपछि पनि सल्लहकार बोलाउने संकेत नपाएपछि कोषाध्यक्ष अधिकारीले महासंघ अध्यक्ष शर्मा प्रेस काउन्सिलमा पदेन सदस्य हुने ब्यवस्था जस्तै महासंघको विधानले निर्वतमान अध्यक्ष, निकटतम प्रतिद्दन्द्दी र त्यस अघिका पूर्व अध्यक्ष स्वत पदेनमा आउने विधानको ब्यवस्थाले निर्णय गरिरह्नै नपर्ने पदेन सल्लहाकार नबोलाएकोमा अध्यक्ष र महासचिवलाई पटक पटक ध्यानाकर्षण गराईरहेका थिए । 

उनले केही समय अगाडी पदेन सल्लाहकारसँग सम्वन्धीत विषयमा दुई पेजको ध्यानाकषर्ण पत्र नै केन्द्रीय कार्यालयमा दर्ता गरेर अध्यक्षलाई बुझाएका थिए । महासचिव, उपाध्यक्षद्दय, वरिष्ठ उपाध्यक्षलाई वोधार्थ दिएका थिए । अधिकारीले अध्यक्ष शर्मालाई विवाद हो भने तत्काल छलफल गरेर टुंगो लगाउन, नभए विधानले ब्यवस्था गरे अनुसार पदेन सल्लाहकारलाई तत्काल बैठकको जानकारीसहितको लिखित पत्र पठाउन र त्यसरी पठाएको पत्रको जानकारी केन्द्रीय समितिका सवैलाई समेत पठाउन आग्रह गरिरहेका थिए । 

तर अध्यक्ष र महासचिव दुवैले यसलाई समयमै छलफल गर्ने, पत्र पठाउने तिर ध्यान नै दिएनन । केन्द्रीय समितिमा पनि सल्लाहकार नबोलाइएकोमा अधिकाशं पदाधिकारी तथा सदस्यहरु असन्तुष्ट हुँदै आएका थिए । बैठक यही विषयले पेचिलो बन्ने देखेपछि बैठकको दिन बिहान भने अध्यक्ष शर्माले विधानको ब्यवस्था अनुसार पोखरेल, आचार्य र विष्टलाई सल्लाहकारको रुपमा बैठकमा सहभागितासहितको निम्तो पठाइन् । 

त्यसपछि भने महासचिव लगायत प्रेस युनियनका नेताहरुले बाला अधिकारीका बारेमा पनि निर्णय लिनुपर्ने , उनलाई पनि सल्लाहकार बनाउनु पर्ने र ४ जना सल्लाहकार बनाउनु पर्ने अडडी लिए । विधान विपरित सल्लाहकार बनाउन नसकिने र यसरी बनाउँदै जाने हो भने यसले भोलिका दिनमा सस्था झन् गिजोलिने बारे भने प्रेस युनियनले हेक्का राखेन । 

महासंघको अनिश्चत रहेको चुनाव वाला अधिकारीले कार्यावहक अध्यक्षका रुपमा सम्पनन गराएकोमा उनको सम्मानका लागि पहिलो विकल्पका रुपमा केन्द्रीय समितिले परामर्श समिति बनाएर त्यसको संयोजक बनाउन सकिने, र त्यसका संयोजकलाई पनि केन्द्रीय समिति बैठकमा बोलाउन सकिने निर्णय लिन सकिने, दोस्रो विकल्पमा भविश्यमा नजिर नबस्ने गरी पूर्व कार्यावाहक अध्यक्षकै रुपमा यो कार्यसमितिको कार्यकालमा सल्लाह सुझाव दिने गरी केन्द्रीय समिति बैठकमा बोलाउने निर्णय केन्द्रीय समितिले गर्न सक्ने र तेस्रो विकल्पमा आमन्त्रित सल्लाहकार यो पनि भविश्यमा नजिर नबस्ने गरी केन्द्रीय समितिले निर्णय गरेर बोलाउन सकिने गरी छलफल गर्न सकिने विषयमा पनि विवाद हल गर्न अनेक विकल्पमा छलफल चलेको थियो । 

विवाद मिलाउन कोषाध्यष अधिकारीले नै यी फरर्मुलाहरु पनि महासंघ पदाधिकारी बैठकमा राखेका थिए । तर यो विषयमा पूर्व अध्यक्षहरुसँग पनि परामर्श गरेर केन्द्रीय समितिले निर्णय लिनु उपयुक्त हुने अधिकारीको मत थियो । पूर्व अध्यक्षहरु पहिलो र दोस्रो विकल्पमा जानु उपयुक्त हुने पक्षमा छन् । अध्यक्ष शर्माले केन्द्रीय समितिमा छलफलमा लगेर त्यसका आधारमा उपयुक्त निर्णयमा जानुपर्ने प्रस्ताव राखेको र महासचिवले पहिले नै पदाधिकारीले निर्णय गरेर मात्र केन्द्रीय समिति बैठकमा लागनुपर्ने मत राखेपछि विवाद उत्र्कषमा पुगेको थियो । 

त्यसपछि विहान १० बजे बोलाइएको केन्द्रीय समिति बैठक दिनभर लथालिंग हुन पुगेपछि बेलुकी अध्यक्ष शर्माले बरिष्ठ उपाध्यक्ष दीपक आचार्यसँगको परामर्श गरेर अर्काे सूचना जारी नभएसम्म स्थगित गरेको घोषणा गरिन् । विधान विपरित महासंघमा राजनीतिक आग्रहका आधारमा सल्लाहकार राख्न खोज्दा महासंघको बैठक बस्नै नसकी स्थगित हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस