स्थायी समितिमा माधव नेपालको यस्ता छन् दुई रणनीति

सचिवालयले गरेका निर्णय अनुमोदनमा फरक मत राख्ने, प्रतिवेदनका बाँकी अंशलाई स्वीकार्ने

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, ०९ : ४२
स्थायी समितिमा माधव नेपालको यस्ता छन् दुई रणनीति

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र विपक्षी मोर्चामा रहेका वरिष्ठ नेता माधव नेपाल समुहले जारी स्थायी समिति बैठकमा दुई खाले रणनीति अख्तियार गर्ने भएको छ । अध्यक्ष प्रचण्ड प्रति नरम नीति अख्तियार गरेको यो समुहले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली प्रति भने अनुदार नीति लिने संकेत देखाएको छ ।

नेता नेपालले यस विषयमा सचिवालयमा कुनै टिप्पणी गरि नहालेपनि उनी निकट नेताहरुको अभिब्यक्तिले त्यही संकेत गर्दै लगेको नेकपाका एक स्थायी समिति सदस्यले वताए । ‘माधव नेपाल निकट नेताहरुमा दुई अध्यक्षलाई हेर्ने दृष्टिकोणमा फरक पन देखिएको छ, उनीहरुका रणनीति पनि दस्तावेज स्वीकार्ने तर सचिवालयले गरेका निर्णयमा फरक मत राख्ने रणनीति देखिएको छ ।’ स्थायी समितिका ति नेताले बताए ।

गत साउन २९ को सचिवालय बैठकले तेश्रो मर्यादामा रहेका नेता नेपालको मर्यादा एक स्टेप तल झार्दै चौथो वरियतामा पु¥याउने निर्णय गरेपछि नेता नेपाल ओलीसँग क्रुद्द छन् । अझ भदौं ५ को सचिवालयमा ओली नेपाल चर्काचर्की नै परपेछि अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले विवाद मिलाउन भूमिका खेल्नु परेको थियो । यो तितो तिक्तता अझै नमेटिएको नेपाल पक्षधर नेताहरुले स्थायी समितिमा राख्न थालेका अभिब्यीक्तले पुष्टि गरिरहेको स्थायी समितिका एक नेताले वताए ।

स्थायी समितिको जारी बैठकमा अध्यक्ष ओली भने सहभागी छैनन् । उनी पक्षधर नेताहरुले बैठकमा राजनीतिक प्रतिवेदन र विधान संसोधन प्रस्तावमाथी टिप्पणी कमै मात्रले राखेका छन् । बैठकमा आज र भोलि नेताहरुले अझै राजनीतिक प्रतिवेदन र विधान संसोधन प्रस्तावमा बोल्ने देखिन्छ भने शुक्रवार मात्रै नेकपा अध्यक्ष प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिने र बैठक सकिने अनुमान गरिएको छ ।

तर यो बैठकमा माधव नेपाल पक्षधर नेताहरुले नयाँ रणनीति लिने संकेत मंगलवारको बैठकवाट देखाएका छन् । अध्यक्षद्धय ओली र प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदनमा उनीहरुले एउटा उपशीर्षकमा भने आफनो फरक मत राख्ने गरी तयारी थालेका छन् । त्यसको संकेत मंगलवारको बैठकमा नेपाल निकट नेता वेदुराम भुषालले गरेर देखाईसकेका छन् । उनले संगठनात्मक क्षेत्रमा विधानको धारा ४६ (क) का विषयमा पार्टीमा आफनो फरक मत रहने भन्दै लिखित सुझाव पार्टीमा राखेका छन् ।

एकै ब्यीक्तलाई दोहोरो कार्यकारी जिम्मा दिन नहुने गरी वरिष्ठ नेता नेपालले सचिवालयमा यस अगाडी नै राखेको ७ बुँदे असहमति पत्रलाई नै उनले त्यसमा आधार बनाउँदै फरक मत राख्ने जनाउ दिएका हुन् । सचिवालयले विभिन्न समयमा सम्पन्न गरिएका ती बैठकहरूले सात वटै प्रदेश कमिटिहरूको गठन, ग्रह भौगोलिक प्रदेश कमिटि स्तरका दुइ बिशेष कमिटिहरूको गठन, ७७ बटै जिल्लामा नेतत्व निर्माण, ६ महानगर कमिटिमा जिल्ला हैसियतका कमिटिहरूको नेतृत्व निर्माण, विशेष प्रदेश अन्तर्गत विभिन्न गैर भौगोलिक विशेष जिल्ला नेतृत्वहरूको निर्माण, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा परिक्षण आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चको नेतृत्व निर्माण, सबै जनवर्गीय संगठनहरूको नेतत्व निर्माण, विभिन्न प्रदेश, जिल्ला, केन्द्रीय विभागहरू, प्रवास र केन्द्रीय समितिका सदस्यहरूको कार्य विभाजन, विभिन्न कार्यदलका सुझाव एवम् आवश्यकता अनुसार विधान संशोधन प्रस्तावसम्म तयार पारेर ति निर्णय अनुमोदनका लागि स्थायी समितिमा निर्णयार्थ पेश गरेको छ । नेपाल पक्षले यसैमा आपत्ति जनाएको छ ।

मंगलवार टिप्पणी राखेका भुषालले भने,– ‘विधानको धारा ४६ (क) विपरीतका निर्णय अनुमोदन गर्न सकिँदैन । यसमा मेरो फरक मत रहन्छ ।’ भुषाल नेता नेपालका खास मान्छे हुन् । नेपालका सबैजसो राजनीतिक दस्तावेजीकरणमा उनैले प्रमुख भूमिका निर्वाह गर्ने गर्छन् । त्यसो त सचिवालयमा आफुले राखेका फरक मतका विषयमा स्थायी समितिमा निर्णय अनुमोदनका लागि ल्याईएको प्रस्तावमा आफनो अहिले पनि फरक मत रहने विषय नेपालले प्रचण्डसँग गरिसकेको पनि भुषालले बताएका छन् ।

‘उहाँ (माधव) ले आफुले राखेका फरक मतका बारेमा अहिले पनि अडिग हुनुहुन्छ, सचिवालयले विधान विपरित गरेका निर्णयमा हामी सहमत हुन सक्दैनौं,’ भुषालले भने । सचिवालयले गरेको निर्णय अनुमोदन प्रक्रिया कसरी अगाडी बढ्छ त्यही आधारमा आफुहरुको थप रणनीति आउने उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस