काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो । गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटपिट गरेको थियो ।
मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागार्इंले दमनमा उत्रेका प्रहरीविरुद्ध कुटपिट मुद्दा दर्ता गर्नुभएको हो । मुलुकी अपराध संहितामा कुटपिट मुद्दामा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । सोही माग मुद्दामा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ पुस २०७६, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग