गुप्तचरलाई फोन ट्यापिङको अधिकार संविधान प्रतिकूल :  कांग्रेस

पत्रपत्रिकाबाट

मंगलबार, ०१ पुस २०७६, ०८ : २५
गुप्तचरलाई फोन ट्यापिङको अधिकार संविधान प्रतिकूल  :  कांग्रेस

काठमाडौं । गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिएकोमा नेपाली कांग्रेस सशंकित बनेको  छ । राष्ट्रिय अनुसन्धान विभागलाई फोन ट्यापिङको अधिकार दिन लागिएकोमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सशंकित बनेको छ ।

यस्तो प्रावधानले नागरिकको गोपनीयता भंग हुने र संविधानविपरीत समेत रहेको भन्दै उसले विरोध गरेको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुप्तचरसम्बन्धी ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरलाई ‘इन्टरसेप्सन’को अधिकार दिने उल्लेख छ ।

त्यो संविधान प्रतिकूल भएको भन्दै कांग्रेसले विधेयक नै फिर्ता लिन माग गरेको छ ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस